ससंदको बजेट अधिवेशन शुरु, सरकारको पक्षमा बोल्न नेकपाका सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशन

ससंदको बजेट अधिवेशन शुरु, सरकारको पक्षमा बोल्न नेकपाका सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशन

२६ वैशाख,  काठमाण्डौ । संसदको बजेट अधिबेशन शुरु भएको छ । ४ बजेबाट बैठक शुरु भएको हो । यसमा आज प्रतिनिधित्व गर्ने दलहरुले बोल्ने छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई सरकारका पक्षमा बोल्न लिखितै निर्देशन दिएका छन् ।

संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा सरकारको पक्षमा प्रस्तुत हुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदलाई लिखित निर्देशन दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीले सांसदहरुलाई सरकारको पक्षमा उभिन लिखित निर्देशन दिएका हुन्। शुक्रबार बिहान प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँग छलफलमा जुटेका थिए।

‘संसदका दुवै सदनका बैठकहरु छोटा छरिता र मर्यादित एवम विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरुपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरुले बुझ्नु नै भएको छ। अन्य साना भेटघाट छलफल औचित्य आवश्यकता र संभावना हेरी आयोजना गरिने नै छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्,’

पत्र हेर्नुस्ः

Loading
TOP