कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ८० हजार नाघ्यो

कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ८० हजार नाघ्यो

२८ वैशाख,  एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण संक्रमित र मृतकको संख्या थपिने क्रम जारी छ । यो खबर तयार पार्दा सम्म कोरोनाले विश्वमा करीब ४१ लाख मानिस संक्रमित भएका छन् भने मृतकको संख्या २ लाख ८० हजार नाघेको छ । १४ लाख ३५ हजार मानिस कोरोना ठीक भएर घर फर्कन सफल भएका छन् ।

विश्वमा सबै भन्दा धेरै अमेरीकामा कुल मृतकको संख्या ८० हजार पुगेको छ । संक्रमितको संख्या पनि १३ लाख ४७ हजार पार भएको छ ।त्यस पछि बेलायतमा मृतकको संख्या ३१ हजार ५ सय ८७ भएको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख १५ हजार नाघेको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३० हजार ३ सय ९५ पुगेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख १८ हजार भन्दा बढी छ ।

स्पेनमा मृतकको संख्या २६ हजार ४ सय ७८ पुगेको छ भने संक्रमितको संख्या २ लाख ६२ हजार बढी रहेको छ । फ्रान्समा कुल मृतकको संख्या २६ हजार ३ सय १० पुगेको छ भने १ लाख ७६ हजार भन्दा बढी संक्रमित छन् ।रुसमा संक्रमितको संख्या एक लाख ९८ हजार नाघेको छ भने मृतकको संख्या १ हजार ८ सय २७ पुगेको छ । जर्मननीमा मृतकको संख्या ७ हजार ५ सय ४९ पुगेको छ भने संक्रमित एक लाख ७१ हजार भन्दा बढी छ ।

ब्राजिलमा मृतकको संख्या १० हजार ६ पुगेको छ भने संक्रमितको संख्या पनि एक लाख ५६ हजार नाघेको छ । यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख ३७ हजार नाघेको छ भने ३ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । ईरानमा मृतकको संख्या ६ हजार ५ सय ८९ पुगेको छ भने संक्रमित एक लाख ६ हजार नाघेको छ । क्यानडामा मृतकको संख्या ४ हजार ६ सय ९३ पुगेको छ भने संक्रमित ६७ हजार पार भएको छ ।

यसै गरी छिमेकी भारतमा संक्रमित ६२ हजार ८ सय ८ पुगेको छ भने २ हजार १ सय १ जनाको मृत्यु भएको छ । यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर २८ हजार ७ सय नाघेकोे छ भने मृतकको संख्या ६ सय ३६ पुगेको छ ।

Loading
TOP