सिक्किममा भारतीय र चिनियाँ सेनाबीच झडप, आधा दर्जन सेना घाइते

सिक्किममा भारतीय र चिनियाँ सेनाबीच झडप, आधा दर्जन सेना घाइते

२९ वैशाख, नयाँ दिल्ली । भारत(चीनको सीमा क्षेत्रमा पर्ने सिक्किम सेक्टरको नाकु ला नजिक दुबै देशका सैनिकबीच झडक भएको छ । झडपमा दुबै तर्फका कयौं सैनिकहरु घाइते भएका छन् ।

भारतीय सञ्‍चार माध्यमहरुले झडपमा दुबै पक्षका सैनिकहरु सामान्य घाइते भएका जनाएका छन् । स्थानीय स्तरमा भएको छलफलपछि दुबै देशका सैनिकहरु पछाडि हटेका छन् ।

भारतीय सञ्‍चारमाध्यमले झडपमा दुबै पक्षका गरी आधा दर्जन सैनिकहरु घाइते भएका उल्लेख गरेका छन् । तर, यसको आधिकारिक रुपमा पुष्टि भएको छैन् ।

गत वर्ष पनि भारत र चीनका सैनिकहरुबीच झडप भएको थियो । लद्दाखको पेङ्गोङ नजिकै भारतीय र चिनियाँ सैनिकबीच ‘पेट्रोलिङ’ को विषयमा विवाद भएको थियो । २०१७ मा पनि सोही स्थानमा भारतीय र चिनियाँ सैनिकबीच कुटाकुट भएको थियो ।

Loading
TOP