कपिलवस्तुमा १० नयाँ कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १२० पुग्यो

कपिलवस्तुमा १० नयाँ कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १२० पुग्यो

२९ वैशाख,  काठमाडौं । नेपाल कोरोना संक्रमणको डरलाग्दो चपेटातिर जान थालेको छ । प्रदेश नम्वर २ र ५ कोरोनाको उच्च जोखिममा परेका छन् । सोमबार विहान कपिलवस्तुमा १० नयाँ कोरोना संक्रमित भेटिएका छन् ।योसँग नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।

सुरुवातमा कोरोना संक्रमण रोक्न सरकार सफल भएपनि सीमा नाकामा कडाई नहुँदा नेपाल निकै ठुलो जोखिममा परेको छ । भारतबाट लुकिछिपी आएकाहरुमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कपिलबस्तु, पर्सा, वीरगञ्ज र नेपालगञ्जामा कोरोनाको जोखिम बढेको छ ।

कपिलबस्तुमा देखिएका नयाँ १० संक्रमित भारतबाट आएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिएका छन् । उनीहरु नेपालको क्वारेन्टाइनमा बसिरहेका थिए । क्वारेन्टाइनमा भएका १० जनामा संक्रमति भएको उनले पुष्टी गरेका छन् ।

नेपालले थप सर्तकता नअपनाए ठुलो मुल्य चुकाउनु पर्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । तरपनि सरकारले नयाँ कुनै कदम चालेको छैन ।

Loading
TOP