अल्लु अर्जुनको फिल्ममा ६ मिनेटको एक्सनका लागि ६ करोड खर्च

अल्लु अर्जुनको फिल्ममा ६ मिनेटको एक्सनका लागि ६ करोड खर्च

२९ वैशाख, काठमाडौं । साउथ इण्डियनका चर्चित नायक अल्लु अर्जुनको मुख्य भूमिका रहने एक फिल्ममा ६ मिनेको एक्सनका लागि ६ करोड खर्च गरिने भएको छ। चलचित्र ‘पुष्पा’का लागि निर्माण पक्षले उक्त रकम खर्च गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा लक डाउन खुलेसँगै यो चलचित्रको छायांकन सुरु हुने बताइएको छ। यो चलचित्रमा एक्सन दृश्यका लागि महंगो रकम खर्च गर्न लागिएको समाचारमा उल्लेख छ।

Loading
TOP