भारतको विरोधमा उत्रिएका नेविसंघका नेता कार्यकर्तालाई प्रहरीद्वारा नियन्त्रण

भारतको विरोधमा उत्रिएका नेविसंघका नेता कार्यकर्तालाई प्रहरीद्वारा नियन्त्रण

२९ वैशाख, काठमाडौं । नेपाली भूमि लिपुलेक अतिक्रमणको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माइतीघरबाट सोमबार दिउँसो महामन्त्रीहरू बलदेव तिमिल्सिना, युवराज पाण्डे, उर्मिला थपलिया, दिपक भट्टराई, प्रभात दाहाल, नेविसंघ नेता उत्तम साउद, अनुप सुनुवार सहितका नेविसंघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । प्रदर्शनका क्रममा विद्यार्थीहरूले अतिक्रमित जग्गा फिर्ताको पहल गर्न आग्रह गर्दै नाराबाजी गरेका थिए ।

Loading
TOP