भारतको अतिक्रमणको विरोधमा उत्रिएका काठमाडौं जेसिजका अनुप सुनुवार सहित युवाहरु पक्राउ

भारतको अतिक्रमणको विरोधमा उत्रिएका काठमाडौं जेसिजका अनुप सुनुवार सहित युवाहरु पक्राउ

३० वैशाख, काठमाडौं । भारतले लिपुलेक अतिक्रमण गरेको विरोधमा आन्दोलनमा उत्रिएका युवा नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सोहि आन्दोलनमा काठमाडौं जेसिजका कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवार सहित उनका केहि साथीहरु पनि पक्राउ परेका छन् । उनीहरु लगाएत सबैलाई माइतीघरबाट सोमबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

भारतले यसअघि लिपुलेकसहितको नेपाली भूमि समेटेर नक्सा बनाएको र हाल उक्त क्षेत्रमा सडक बनाउँदै उद्घाटन गरेपछि त्यस विरुद्ध व्यापक विरोध भइरहेको छ ।

Loading
TOP