भारतमा तिब्र गतिमा बढ्दै कोरोना

भारतमा तिब्र गतिमा बढ्दै कोरोना

३० वैशाख, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ३६ सय ४ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या ७० हजार ७५६ पुगेको छ ।

त्यस्तै २४ घण्टामा भारतमा ८७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल २ हजार २९३ पुगेको छ ।

भारतमा अहिलेसम्म २२ हजार ४५४ जना ठिक भएका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ४२ लाख ५५ हजार ९४२ पुगेको छ भने मृतकको संख्या २ लाख ८७ हजार ३३२ पुगेको छ ।

त्यस्तै विश्वभर १५ लाख २७ हजार ४९६ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP