सत्यमोहन जोशी १ सय १ वर्षमा

सत्यमोहन जोशी १ सय १ वर्षमा

३० वैशाख, काठमाडौं । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १ सय १ वर्षमा पुग्नु भएको छ । 

वि.सं.१९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनु भएका जोशी आज १ सय १ वर्षमा प्रवेश गर्नुभएको हो । जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिनु भएको छ । जोशीको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन् ।

लकडाउनका कारण जन्मदिन मनाउन कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएपनि उहाँको परिवारले घरमै पूजा गरी जन्मदिन मनाएका छन् । गत वर्ष सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले महानगरपालिका भर सार्वजनिक विदा दिई विभिन्न कार्यक्रम गरी जन्मशताब्दी मनाएको थियो ।

जोशीले यसपटक आफुलाई शुभकामना दिनेहरुलाई धन्यवाद दिदै अझैपनि केही असल काम गरेर जीवन बिताउन पाउँ भन्दै प्राथना गरेको बताउनुभएको छ ।

Loading
TOP