लकडाउनको कारणले भरि मासिन, उपकरणहरु संचलानकालागि इन्धनको अभाव नभएको…

लकडाउनको कारणले भरि मासिन, उपकरणहरु संचलानकालागि इन्धनको अभाव नभएको…

प्रकाश् राई – विश्वमा महामारीको रुपमा रहेको कोरोना भाईरस नियन्त्रणका लागि सरकारबाट गरिएको लकडाउन र सामाजिक दुरीका समयमा पनि नेपाल विद्युत प्राधिकरणले केबल भूमिगत कामलाई झनै तिब्र बनाएको छ। हाल यो काम चुच्चेपाटि-मित्रपार्क बिचमा भई रहेको छ। साईट इनचार्ज सुमित ज्ञावालीज्यु अनुसार यो खण्डको काम दुई सिफ्टमा गरेर आउँदो चारदिन भित्र पूर्ण हुने छ। विद्युत प्राधिकरणले केबल भूमिगत गर्दा होरिजेण्टेल ड्रिल मार्फत गर्ने भनिए पनि यो खण्डमा खाने पानीको पाईप पनि संगै भएको कारण सडक खनेर काम गर्न परिरहेको कुरा ज्ञावालीज्युले जनाउनु भयो। लकडाउनको कारणले भरि मासिन, उपकरणहरु संचलानकालागि इन्धनको अभाव नभएको र ईन्धनको कमीले काम बन्द गर्न नपरेको कुरा गत एक वर्षदेखि नेपालमा काम गर्दै आउनु भएको दिल्ली निवासी गोकुलज्युले बताउनु भयो ।

Loading
TOP