नेकपाको स्थायी समिति बैठक स्थगित

नेकपाको स्थायी समिति बैठक स्थगित

३१ वैशाख,  काठमाडौं । नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ ।

बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।

भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना भएको बताइएको छ ।

मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई सुझाव दिने र सीमासम्बन्धी विवादका बारेमा छलफल गरिने प्रमुख एजेन्डा तय भएको थियो ।

यसअघि वैशाख २५ गतेका लागि बोलाएको स्थायी कमिटी बैठक त्यसको अघिल्लो दिन बसेको सचिवालय बैठकपछि अनिश्चित बनेको थियो ।

सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि दुवै अध्यक्ष प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले बैठक स्थगित गरेका थिए ।

अध्यादेश प्रकरणमा पार्टीमा विवाद बढेपछि २० स्थायी कमिटी सदस्यहरुले लिखित रुपमा बैठकको माग गरेका थिए ।

यो सँगै नेकपाको स्थायी समितिको अर्को बैठकको मिति अनिश्चित बनेको छ ।

Loading
TOP