भक्तपुरका संक्रमित हाल सालै तराइबाट आएका !

भक्तपुरका संक्रमित हाल सालै तराइबाट आएका !

३१ वैशाख,  काठमाडौं । मंगलबार भक्तपुरका २ जना र काठमाडौका एक जनामा कोरोना पुष्टि भएसँगै उपत्यकामा फेरी कोरोनाको त्रास बढेको छ ।

स्वास्थ्य मन्त्रालयले भक्तपुरकी २५ बर्षिय महिला र २७ बर्षिय पुरुष तथा काठमाडौँकी ३३ बर्षिय महिलामा कोरोना पुष्टि भएको बताएको छ ।

काठमाडौँकी ३३ बर्षिय महिला चन्द्रगिरी नगरपालिका निवासी भएको बताइएको छ ।

त्यस्तै भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।

भक्तपुरमा फेला परेका संक्रमित भने हाल सालै तराइबाट काठमाडौ आएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ । अहिले तीनै जनाको स्वास्थ्य अबस्था समान्य रहेको छ ।

Loading
TOP