साउदी अरबमा ६७४ नेपालीमा कोरोना संक्रमण, एक जनाको मृत्यु

साउदी अरबमा ६७४ नेपालीमा कोरोना संक्रमण, एक जनाको मृत्यु

३१ वैशाख, काठमाडौं । साउदी अरबमा रहेका ६७४ जना नेपाली कोरोनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

साउदीस्थित् नेपाली दूतावासले हाल सम्म ६७४ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ । जसअनुसार ११ महिला रहका छन् । त्यस्तै अहिलेसम्म कोरोनाबाट साउदीमा एक जना नेपालीको ज्यान गएको जनाएको छ।

दुतावसाकाअनुसार साउदी अरबको पूर्वी क्षेत्र ९जहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको छ० मा ३३६ जना, पश्चिमक्षेत्र ९मक्का, मदिना, जेद्दा र जजान आदि० मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएका छन् ।

दूतावासका अनुसार संक्रमित भएकामध्ये कैयौँ जना निको भई काममा फर्किसकेका छन् । तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाई पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको दूतावासले जनाएको छ ।

साउदीस्थित् नेपाली दूतावासले पहिलोपटक संक्रमित नेपालीको तथ्यांक सार्वजनिक गरेको हो ।

Loading
TOP