चीनमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

चीनमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

३१ वैशाख, काठमाडौँ । अमेरिकी सिनेटमा चीनमाथि प्रतिबन्ध लगाउने प्रस्ताव राखिएको छ ।
रिपब्लिकन पार्टीका सांसदहरुले चीनमाथि प्रतिबन्ध लगाउने कानुन ल्याउन प्रस्ताव गरेका छन् ।

यो प्रस्तावले चीनमाथि प्रतिबन्ध लगाउनु परेमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सजिलो हुने बताइएको छ ।

सिनेटरहरुले चीनले कोरोना भाइरसको बारेमा पुरा जानकारी नदिएमा चीनमाथि प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन् ।

सिनेटर जिम इनहोफले आफ्नो बयानमा चीनको कम्युनिष्ट सरकार यो वैश्विक महामारीको लागि जिम्मेवार ठहराउनु पर्दछ । उनले कोरोना फैलिनुमा चीनको भूमिका देखिएको बताएका छन् । उनले चीनले शुरुवाती चरणमा संक्रमण बारे पुरै किसिमले धोका दिएको बताउदै सोहि कारणले अहिले विश्वभर लाखौ जिन्दगी गुमेको बताए ।

प्रस्तावित कानुनलाई कोभिड-१९ एकाउन्टिबिलिटी बिलु नाम दिइएको छ ।

प्रस्तावित कानुन अनुसार राष्ट्रपति ट्रम्पले ६० दिनभित्र संसदलाई चीनले कोरोना बारे पुरा जानकारी दिएको, संयुक्त राष्ट्र संघ या विश्व स्वास्थ्य संगठनले यस बारेमा जाँच गर्ने बारे दिनु पर्ने छ । यी विषय साबित नभएमा राष्ट्रपति ट्रम्पलाई चीनमा कैयौं किसिमका प्रतिबन्ध लगाउने अधिकार सुनिस्चित हुने छ ।

जस्तै सम्पति फ्रिज गर्ने यात्रामा प्रतिबन्ध लगाउनेम भिसा रद्ध गर्ने, चिनियाँ कम्पनिलाई अमेरिकी बैंक र बजारसम्मको पहुँच रोक्ने आदि ।

राष्ट्रपति ट्रम्पले चीनमाथि लगातार कोरोना संक्रमण नरोकेर विश्वलाई आक्रान्त बनाएको आरोप लगाउदै आएपनि चीनले भने त्यो आरोप अश्विकार गर्दै आएको छ ।

राजनीतिक विश्लेषकहरुले ट्रम्पको बयानलाई आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनसँग जोडेर समेत हेरेका छन् । राष्ट्रपतिको निर्वाचन भएकाले ट्रम्प चीनप्रति थप आक्रामक हुनसक्ने विश्लेषण गरिदै आएको छ ।

Loading
TOP