अध्यक्ष कमल थापाद्वारा सरकारले काम नगरेको आरोप

अध्यक्ष कमल थापाद्वारा सरकारले काम नगरेको आरोप

३१ वैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारले काम नगरेको आरोप लगाएका छन् ।

लगातार कोरोना संक्रमित बढिरहेपछि अध्यक्ष थापाले सामाजिक संजालमा टिप्पणी गर्दै सरकारले भारतसँगको सीमा नियन्त्रण गर्न नसकेको र लकडाउनको पालना गराउन नसकेको आरोप लगाएका हुन् ।

साथै उनले सरकारको लापरवाहीले संक्रमण भयावह हुनसक्ने चेतावनी समेत दिएका छन् ।

उनले भनेका छन् ( ुप्रधानमन्त्री केपी शर्मा ओलीज्यू तपाईको सरकारले काम गरिरहेको छैन । संक्रमितहरुको संख्या बढनुको मुख्य कारण भारतसँगको सिमा नियन्त्रणमा कमजोरी,भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्ने प्रभावकारी व्यवस्थाको अभाव र खुकुलो अन्तरजिल्ला आवागमन हो । सरकारको लापरबाहीले संक्रमण भयावह हुनसक्छ । ध्यान दिनुहोला ।ु

Loading
TOP