ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पताल सिल

ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पताल सिल

३१ वैशाख,  काठमाडौं । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पताललाई सिल गरिएको छ ।

आरोग्य प्रतिष्ठानमा कार्यरत एक २५ वर्षीय नर्समा मंगलबार कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएपछि प्रहरीले आज बिहान एकै भवनमा रहेका प्रतिष्ठानसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो ।

कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न दुई स्वास्थ्य संस्था रहेको भवनमा सिल गरिएको प्रहरीले जनाएको छ । सिल गरिएको भवनमा सुरक्षाकर्मीले अहिले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।

लकडाउनअगाडि सुनसरीस्थित घर पुगेकी ती महिला केही दिनअघि मात्रै काममा फर्केकी थिइन् । तर उनलाई काममा लगाउनुअघि पिसिआर टेस्ट गर्ने भन्दै परीक्षण गराइएको थियो ।

टेस्टमा उनी पोजेटिभ देखिएपछि उनलाई लिन र पुराउन जाने आरोग्य प्रतिष्ठानका एम्बुलेन्स चालकलाई पनि संक्रमणको आशंका गरी पूरै प्रतिष्ठानलाई सिल गरिएको हो ।

Loading
TOP