भारतमा ७८ हजार संक्रमित, २५ सयको मृत्यु

भारतमा ७८ हजार संक्रमित, २५ सयको मृत्यु

१ जेठ, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ३७ सय २२ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या ७८ हजार ३ पुगेको छ ।

त्यस्तै २४ घण्टामा भारतमा १३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल २ हजार ५४९ पुगेको छ ।

भारतमा अहिलेसम्म २६ हजार २३५ जना ठिक भएका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ४४ लाख २९ हजार २३५ पुगेको छ भने मृतकको संख्या २ लाख ९८ हजार १६५ पुगेको छ ।

त्यस्तै विश्वभर १६ लाख ५८ हजार ९९५ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP