कोरोनाको भ्याक्सिन अनुसन्धानसम्बन्धि डाटा चीनले ह्याक गर्ने प्रयास गरेको आरोप

कोरोनाको भ्याक्सिन अनुसन्धानसम्बन्धि डाटा चीनले ह्याक गर्ने प्रयास गरेको आरोप

१ जेठ, काठमाडौँ । अमेरिकाले चीनलाई कोरोना भाइरससम्बन्धि भइरहेको भ्याक्सिनको अनुसन्धान बारेको जानकारी ह्याक गर्ने प्रयास गरेको आरोप लागाएको छ ।

अमेरिकी सुरक्षा एजेन्सी एफबिआई र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यस्तो आरोप लगाएका हुन् ।

दुवैले जारी गरेको बयानमा अमेरिकी रिसर्च संस्थानहरुमा भइरहेको कोरोनाको भ्याक्सिन बारेको अनुसन्धानसम्बन्धि डाटा चीनले साइबर अट्याक गर्दै चोर्ने कोशिस गरिरहेको छ ।

बयानमा भनिएको छ ( ु अमेरिकाको जुन संस्थानहरुमा कोरोनाको भाइरस सम्बन्धि अनुसन्धान भइरहेको छ, उनका डाटाहरु चीनको नजर रहेको छ । कोरोना बारेको अनुसन्धान दिन रात चलिरहेको छ र यी अनुसन्धानहरु प्रति चीनले साइबर अट्याक गरेर चोर्ने कोशिस गरिरहेको छ ।ु

अमेरिकाले यस अघि पनि पटक पटक चीनमाथि कोरोना महामारीबाट फाइदा उठाउने कोसिस गरिरहेको आरोप लगाउदै आएको छ ।

अमेरिकी सुरक्षा एजेन्सीहरुले चीनले ह्याक गर्न खोजेको आरोप लगाएपनि यसबारेमा प्रमाण भने प्रस्तुत गरेका छैनन् ।

अमेरिकाको यस्तो चेतावनी पछि दुई देशको सम्बन्ध फेरी बिग्रिने अनुमान गर्न थालिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटक पटक कोरोना बारे चीनमाथि गम्भीर आरोप लगाउदै आएका छन् ।

Loading
TOP