भागेका २ संक्रमित भेटिए

भागेका २ संक्रमित भेटिए

१ जेठ, वीरगन्ज । पर्साको वीरगन्जस्थित नारायणी उप(क्षेत्रीय अस्पतालबाट भागेका २ जना कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नारायणी अस्पतालको आइसोलेसन कक्षबाट बुधबार भागेका भारतीय नागरिकहरुलाई सोही दिन साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्सा प्रहरीले एक जनालाई तिलाबे पुल र अर्कालाई हरिहरपुलबाट नियन्त्रणमा लिएको जनाएको छ । एक जनालाई हिँडिरहेको अवस्थामा र अर्कालाई घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको उनले बताइन् ।

दुवै जनालाई नियन्त्रणमा लिएर बुधबार नै नारायणी अस्पतालमा उपचारका लागि राखिएको छ ।

Loading
TOP