सेयर बजार अनिश्चितकालका लागि बन्द

सेयर बजार अनिश्चितकालका लागि बन्द

१ जेठ, काठमाडौं । खुलेको दुई दिनपछि सेयर बजार अनिश्चितकालका लागि बन्द भएको छ ।

धितोपत्र बोर्डको निर्देशनपछि खुलेको दुई दिनपछि बिहीबारदेखि बन्द भएको हो। कोरोना भाइरसका कारण करिब डेढ महिना अघि बन्द भएको सेयर बजार मंगलबार र बुधबार सञ्चालनमा आएपछि बोर्डले अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि सेयर कारोबार बन्द गर्न निर्देशन दिएको थियो ।

लगानीकर्तालाई पासको व्यवस्था गरेर एक तिहाइ कर्मचारीबाट कारोबार सञ्चालन गरे पनि भिडभाड बढेपछि बन्द गर्न बोर्डले निर्देशन दिएको हो ।

सेयर बजार दुई दिन सञ्‍चालन हुँदा बजार करिब ५० अंकले ओर्लिएर १२०१ अंकमा पुगेको थियो ।

Loading
TOP