विश्व स्वास्थ्य संगठनको डरलाग्दो चेतावनी : कोरोनाको संक्रमण कहिले समाप्त नहुन पनि सक्छ

विश्व स्वास्थ्य संगठनको डरलाग्दो चेतावनी : कोरोनाको संक्रमण कहिले समाप्त नहुन पनि सक्छ

१ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले कोरोना भाइरसको संक्रमण कहिले समाप्त नहुन पनि सक्ने चेतावनी दिएको छ । विश्वब्यापी महामारीकारुपमा देखिएको कोरोनाका कारण झण्डै ३ लाख मानिसको ज्यान गइसकेको छ । विश्वका शक्तिशाली राष्टहरु कोरोनाका चरम चपेटामा आइसकेका छन् ।

विश्वभरका बैज्ञानिकहरु कोरोनाको खोप बनाउन जुटेका बेला विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमण अत्यन नहुनु पनि सक्ने चेतावनी दिएको हो । डब्ल्यूएचओ आपतकालीन सवाल निर्देशक माइकल रायनले रुप बदलेर भएपनि कोरोना रहिरहने सम्भावना रहेको बताए । ‘कोरोना क्षेत्रअनुसार रूप बदलेर अर्को भाइरस बनेर बसिरहन सक्ने देखिन्छ, कहिले समाप्त नहुन पनि सक्छ,’ जेनेभामा भएको भर्चुअल प्रेस सम्मेलनमा उनले भने ।

कोरोनाबिरुद्धको खोप बनेपनि तत्काल अन्त्य नुहने विश्व स्वास्थ्य संगठनले बताएको छ । मानिसमा रोग प्रतिरोधी क्षमता विकास हुन केही समय लाग्ने र त्यो क्षमता बृद्धि नहुँदासम्म कोरोनाको त्रास विश्वभर रहिरने उनले बताए । संसारभर अहिले कम्तीमा एक सय वटा खोप विकास भइरहेका छन्। तरपनि भरपर्दो खोपको विकास भएको छैन ।

Loading
TOP