नेकपाको सचिवालय बैठक सुरू

नेकपाको सचिवालय बैठक सुरू

२ जेठ,  काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको वैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

आज सरकारले दिउँसो ४ बजे नीति तथा कार्यक्रम पेश गर्दैछ । नीति तथा कार्यक्रममा रहेका विषयबारे जानकारी गराउन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

यसअघि वैशाख ३१ गते नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न बोलाइएको स्थायी कमिटी वैठक कोरोनाको त्रास बढेपछि स्थगित भएको थियो ।

Loading
TOP