मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् एजेन्डा

मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् एजेन्डा

२ जेठ,  काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ ।

सरकारले आज संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले नीति तथा कार्यक्रमका अलावा कोरोना महामारी र लकडाउनका विषय पनि छलफल गर्ने बुझिएको छ ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा अपराहन्न ४ बजे नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

Loading
TOP