चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

२ जेठ,  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सबै सम्बन्ध तोड्न सक्ने चेतावनी दिएका छन्।

चीनको बुहानबाट फैलिएको भाइरसलाई लिएर ट्रम्पले चीनको आलोचना गर्दै आएका छन्। विश्व नै भाइरससँग जुधिरहेको बेला ट्रम्पले चीनसँगको सम्बन्ध तोड्न सक्ने बताएका हुन्।एक अन्तर्वार्तामा उनले आफूले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताएका हुन् ।

‘हामी धेरै नै गर्न सक्छौं। हाम्रा सबै सम्बन्ध पनि तोड्न सक्छौ,’ राष्ट्रपति ट्रम्पले फक्स बिजनेसलाई अन्तर्वार्ता दिने क्रममा भने ‘सबै सम्बन्ध तोडियो भने हामीले पाँच सय मिलियन डलर बचाउन सक्छौ।’ ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्दा अमेरिकाको पाँच खर्ब डलर बच्ने बताए । ट्रम्पले दुई मुलुकको बीचमा हुने गरेको व्यापारलाई इंगित गरेका हुन् । चीनसँग अमेरिकाको वार्षिक खर्बौं डलरको व्यापार घाटा हुने गरेको छ ।

पछिल्लो केही समययता अमेरिकाले चीनसँग कोरोना भाइरसको क्षतिपूर्ति दिनुपर्ने बताउँदै आएको छ । चीनमाथि अमेरिकाले कोरोना भाइरसको महामारीको शुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ ।

यद्यपि चीनले भने अमेरिकाको सबै आरोप अस्वीकार गर्दै आएको छ ।(बीबीसी

Loading
TOP