संक्रमित युवकका परिवारमा कोभिड-१९ नेगेटिभ

संक्रमित युवकका परिवारमा कोभिड-१९ नेगेटिभ

२ जेठ,  राजविराज। कोरोना भाइरस संक्रमण पुष्‍टि भएका सप्तरीका १८ वर्षीय युवकका परिवार र साथीहरूको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा परीक्षण गरिएको २३ जनाको स्वाबको पीसीआर नतिजा नेगेटिभ आएको हो।

कोभिड९१९ पुष्‍टि भएका डाकनेश्‍वरी नगरपालिका(३ का युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका आमा, हजुरबा, हजुरआमा र चितवनबाट सँगै आएका १२ जना साथीको स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।

यस्तै, डाकनेश्‍वरी९५ पातोस्थित क्‍वारेन्टाइनमा संक्रमित युवकसँगै कोठामा बसेका दुई, कपिलवस्तुबाट आएका तीन र नियमित क्‍वारेन्टाइनको ड्युटीमा रहेका दुई प्रहरी र एक स्वास्थ्यकर्मीको समेत स्वाबको रिपोर्ट नेगेटिभ आएको छ।

यादवका अनुसार परिवारका दुई महिला र २१ पुरुषलाई पातोस्थित क्‍वारेन्टाइनमा राखिएको छ। लकडाउनका बेला चितवनबाट ८ वैशाख मध्यराति निस्लिएर उनीसहित १३ मजदुर ट्रक, ट्याक्टर र पैदल हुँदै ९ वैशाखमा सप्तरी आएका थिए।

Loading
TOP