२४ घण्टामा १२५० जनाको पिसिआरबाट कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

२४ घण्टामा १२५० जनाको पिसिआरबाट कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

२ जेठ, काठमाडौं । उदयपुरका २५ वर्षीय युवक कोरोनाको उपचारपछि डिस्जार्च भएका छन् । कोरोनाको संक्रमण देखिएपछि कोशी अस्पताल भर्ना भएका उदयपुरका २५ वर्षीय पुरुष निको भएसँगै शुक्रबार डिस्चार्ज भएका हुन्।

उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएकाले उनलाई डिस्जार्च गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनी २७ औ दिनमा डिस्चार्च भएका हुन् । यो सँगै डिस्जार्च हुनेको संख्या ३६ पुगेको छ।

कुल संक्रमित २ सय ५८ मध्ये २ सय २२ जना उपचाररत छन्। प्रदेश १ मा ३५, प्रदेश २ मा १ सय, बागमितमा १३, गण्डकीमा ३, प्रदेश ५ मा १ सय २ र सुदूरपश्चि प्रदेशमा ५ जना संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार २ सय ५० जनाको पिसिआरबाट परीक्षण भएको छ । नेपालमा हालसम्म ८६ हजार ९ सय ९९ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

जसमध्ये २३ हजार ८ सय १४ जना पिसिआर र ६३ हजार ८५ जनाको आरडिटिबाट कोरोना परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

काठमाडौं उपत्यका भित्र २७ र बाहिर २ सय ४० गरी कुल २ सय ६७ जना अस्पतालको आईसोलेसनमा भर्ना भएका छन्। मुलुकभर हाल १५ हजार ६ सय ८३ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

प्रदेश १ मा ८ सय ८५, प्रदेश २ मा २ हजार ५१, बागमतिमा १ सय १७, गण्डकीमा ३ सय ७, प्रदेश ५ मा ८ हजार २ सय २५, कर्णालीमा १ हजार ८२ र सुदूरपश्चिममा २ हजार ९ सय १६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Loading
TOP