नेपालमा कोरोना संक्रमणले पहिलो मृत्यु: स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोना संक्रमणले पहिलो मृत्यु: स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु भएको छ।

धुलीखेल अस्पतालमा निधन भएकी सुत्केरीको मृत्युको कारण कोरोना भाइरसकै संक्रमणले भएको सरकारले पुष्टि गरेकाे हाे। 

शनिबार राति विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाका कारण पहिलोपटक मृत्यु भएको पुष्टि गरेको हो।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाकाे राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएकाे छ। 

Loading
TOP