नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

४ जेठ, काठमाडौँ । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सबै नयाँ संक्रमित १० जना रौतहटका राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितमा रौतहटको राजपुर नगरपालिका फरहदवा(९ निवासी १८,३२, ३६, ३९, ३९, ४२ र ४८ बर्षिय पुरुषहरु तथा रौतहटकै इशनाथ नगरपालिका(३ र ५ निवासी २८, ३० र ३३ बर्षिय पुरुष रहेका छन् ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या २९१ पुगेको छ भने अहिलेसम्म नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।

नयाँ संक्रमित उनीहरुको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

Loading
TOP