वीरगन्जमा कोभिडको छुट्टै अस्पताल

वीरगन्जमा कोभिडको छुट्टै अस्पताल

४ जेठ, वीरगन्ज । वीरगन्ज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा।मदन कुमार उपाध्यायलाई गण्डक स्थित गण्डक अस्पताललाई कोरोना बिशेष अस्पतालको रुपमा सञ्चालन गर्ने गरि नारायणी अस्पताललाई हस्तान्तरण गरेका छन् ।

गण्डक अस्पतालमा ७० शैय्याको व्यवस्था भएको हो । हस्तान्तरण पूर्वगण्डक अस्पताल शिल गरिएको थियो । अस्पतालमा सीसी टिभी क्यामरा र टेलिभिजन सेट जडान गरिएको छ ।

नारायणी अस्पतालको शाखाका रुपमा कोरोना बिशेष अस्थायी अस्पतालका रुपमा गण्डक अस्पतालमा कोरोनाबाट संक्रमणमा परेका व्यक्तिहरुको उपचार हुँने बताईएको छ ।

अस्पताल हस्तान्तरण गर्दै वीरगन्ज महानगरका प्रमुख बिजय सरावगीले सन्तोष व्यक्त गरेका छन् ।

५० शैय्याको गण्डक अस्पतालमा महानगर प्रमुख सरावगीले आजै २० सेट पूर्ण बेडको व्यवस्था मिलाएका छन् । गण्डक अस्पतालमा ७० शैय्याको व्यवस्था भएको छ ।

अस्पताल हस्तान्तरण गर्दै महानगर प्रमुख सरावगीले तीन वटा पानी तताउँने टंयाकी, १ सय थान एन नाइन्टी फाइभ मास्क, १ हजार ५ सय थान सर्जिकल मास्क, ९० थान पिपीई, हान्डस् ग्लब १ सय ८० बक्स, थर्मल गन २ थान, ९० थान मेडिकल चश्मा, ९० जोडी जुत्ताको कभर, ९० थान हेड कभर लगायतका स्वास्थ्य समाग्री तथा उपकरण पनि हस्तान्तरण गरेका छन् ।

महानगरको व्यवस्थापनमा मुलुक मैं पहिलो कोरोना बिशेष अस्पतालको रुपमा नारायणी अस्पतालले आफ्नों जनशक्ति तथा प्राविधिक नेतृत्वमा कोभिड अस्पताल सञ्चालनमा ल्याउँने भएको छ ।

अस्पतालको स्वामित्व लिदै मेडिकल सुपरिटेण्डेण्ट डा।मदन कुमार उपाध्यायले अस्पताल चाँडै सञ्चालनमा आउने बताए ।

कोभिड अस्पतालमा सेवा दिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि बास र खानाको व्यवस्था स्थानीय टाउन हलमा गरिएको छ ।

Loading
TOP