टोखामा बस्थिन् कोरोनाबाट मृत्यु हुने महिला

टोखामा बस्थिन् कोरोनाबाट मृत्यु हुने महिला

४ जेठ, काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु भएको पुष्टि भएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको विहिबार नै मृत्यु भएको भएपनि शनिबार कोरोनाका कारण उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

९ दिने ती सुत्केरी महिलाको स्वाब नमूना दोहोर्‍याएर परीक्षण गर्दा पनि कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले शनिबार राति मात्र उनको मृत्यु कोरोनाबाट भएको पुष्टि गर्दै यस रोगबाट मृत्यु हुने उनी पहिलो नेपाली रहेको जनाएको छ ।

ती महिला काठमाडौंमा तरकारी व्यवसायी गर्दै आएकी थिइन। उनले केहि महिना अघिसम्म काठमाडौँको बालाजुमा तरकारी पसल चलाउने गरेको उनका आफन्तले बताएका छन् । उनले गर्भवती भएपछि तरकारी व्यवसाय छोडेको र उनी टोखा नगरपालिका–९ मा बस्दै आएको पाइएको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वार्ड नम्बर ९ राम्चे घर भएकी उनी गर्भवती भएका कारण लकडाउनको बेला पनि नियमित जाँचका लागि काठमाडौंमै बसेकी थिइन । २९ वर्षीय ती महिलाका श्रीमान पहिले सेनामा थिए भने अहिले काठमाडौंकै एक कम्पनीमा सुरक्षा गार्डका रुपमा काम गर्छन् । उनका आफन्तका अनुसार बैशाख २३ गते गोंगबुदेखि हिँडेरै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी उनले २४ गते बच्चा जन्माएकी थिइन् । सुत्केरी भएपछि सिन्धुपाल्चोक जानुअघि पनि उनी काठमाडौंकै टोखा पुगेको जनाइएको छ । उनी पुगेको टोखाको घर पनि शनिबार राति शिल गरिएको छ ।

२५ वैशाखमा उनलाई एम्बुलेन्सबाट बाह्रविसे नगरपालिकाको वडा नम्बर ९ राम्चेमा रहेको घर लगिएको थियो । धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएपछि फेरि यकिन गर्नको लागि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु पठाइको थियो ।

मृतक महिलाको गएराती नै सरकारले बनाएको कोरोना संक्रमितको शव व्यवस्थापन कार्यविधि अनुसार अन्त्यष्टि गरिएको छ ।

Loading
TOP