फ्रन्टलाईनमा खटिने सुरक्षा कर्मीलाई एरोमा अर्गनाइजेसनको स्वास्थ्य सामग्री सहयोग

फ्रन्टलाईनमा खटिने सुरक्षा कर्मीलाई एरोमा अर्गनाइजेसनको स्वास्थ्य सामग्री सहयोग


४ जेठ, काठमाडौं । कोरोना संक्रमण र लकडाउनका मा अग्रपङ्तीमा खटिने सुरक्षा कर्मीलाई एरोमा अर्गनाइजेसनले स्वास्थ्य सामग्री वितरण गरेको छ ।

चिकित्सा शिक्षामा अध्ययरत विद्यार्थीहरुको उक्त समुहले काठमाडौंका विभिन्न स्थानमा सुरक्षामा खटिएका सुरक्षा कर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।


सुरक्षामा खटिएका ट्राफिक प्रहरी, नेपाल प्रहरी र शसस्त्र प्रहरीका एक हजार सुरक्षा कर्मीलाई माक्स, सेनीटाइजर र पानी वितरण गरिएको अर्गनाइजेसनले जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमितको सङ्ख्या वृदी हुदैँ जादा पहिलो लाइनमा काम गर्ने सुरक्षित भएमात्र अरुको सुरक्षा हुन सक्ने भन्दै स्वास्थ्य सामग्री वितरण गरिएको उनीहरुको भनाई छ ।

Loading
TOP