कोरोनाबाट मृत्यु भएमा कसरी हुन्छ अन्त्यष्टि ? यस्तो छ शव व्यवस्थापन कार्यविधि

कोरोनाबाट मृत्यु भएमा कसरी हुन्छ अन्त्यष्टि ? यस्तो छ शव व्यवस्थापन कार्यविधि

४ जेठ,  काठमाडौं । नेपालमा पहिलोपटक कोरोनाबाट ज्यान गुमाएकी २९ वर्षीय महिलाको पशुपति आर्यघाटमा गएराती दाहसंस्कार भएको छ ।

उनको दाहसंस्कार सरकारले बनाएको कोरोनाका कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७६ अनुसार भएको छ ।

शव लिन जानुपूर्व शवबाहनका चालक र कर्मचारीहरुले पीपीइको प्रयोग गरेका थिए । उनको आफन्त थोरै उपस्थित थिए । उनीहरुले पनि सबै किसिमका सुरक्षित उपाय अपनाएका थिए । उनीहरुले पञ्जा, टोपी, मास्कसहितको पीपीई प्रयोग गरेका थिए ।
शवलाई कमभन्दा कम चलाइएको थियो । शवलाई दोस्रो रिपोर्ट आउनुपूर्व नै छिटो छिटो विद्युतीय शवदहनमा दाहसंस्कार गरिएको थियो ।

यसअघि शवलाई नछोइकन जल छर्कने, फुलमाला लगाउने जस्तो क्रियाकलापहरु गरिएका थिए । आफन्तहरु पनि टाढै बसेका थिए ।

सरकारले बनाएको कार्यविधिमा के के छ ?

Loading
TOP