नेपालमा कुन प्रदेशमा कति संक्रमित ?

नेपालमा कुन प्रदेशमा कति संक्रमित ?

४ जेठ, काठमाडौं । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म २७ जिल्लाका २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २३६ जना पुरुष र ५५ जना महिला रहेका छन् ।

त्यसमध्ये प्रदेश १ मा ३६ जना, प्रदेश २ मा १२१, बाग्मती प्रदेशमा १७, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा १०९ र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन् ।

त्यस्तै अहिलेसम्म ३६ जना डिस्चार्ज भएका छन् ।

आज संक्रमितहरुलाई नजिकका कोरोना अस्पतालमा लैजाने तयारी गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

उपचारमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Loading
TOP