आज बस्दैछ मन्त्रिपरिषद बैठक

आज बस्दैछ मन्त्रिपरिषद बैठक

४ जेठ, काठमाडौं । लकडाउनको विषयमा छलफल गर्नको लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने वैठकले लकडाउनबारे थप निर्णय लिने बताइएको छ। अहिले जारी लकडाउन सोमबारदेखि सकिदैंछ। कोरोना भाइरसको संक्रमण बढेकाले लकडाउन थप्ने सरकारको तयारी छ। यसअघि उच्च स्तरीय समन्वय समितिको वैठकमा लकडाउनको मोडालिटिबारे छलफल भएपनि लकडाउन थप्नुको विकल्प नरहेको निष्कर्ष निकालेको थियो ।

मन्त्रीपरिषद बैठक बस्नु अघि कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक पनि आज दिउँसो बस्दैछ। बैठकले गरेका निर्णयहरु मन्त्रिपरिसद्मा छलफल भएपछि सरकारले लकडाउनको बारेमा थप निर्णय गर्ने छ।

Loading
TOP