थप ९ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ३ सय ४ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ३ सय ४ पुग्यो

५ जेठ, काठमाडौँ । सोमबार ९ जना कोरोना संक्रमित थपिएका छन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमितमध्ये रौतहटको इशनाथ नगरपालिकाको २, ३, ६ र ९ नम्बर वडाका २१, २१, २३, २५,२५, २९ र ३० बर्षिय पुरुष रहेका छन् भने रौतहटकै माधवनारायण नगरपालिकाकी २८ बर्षिय महिला समेत रहेकी छन् । त्यस्तै अर्को एक जना बारा करैमाई-५ निवासी ३८ बर्षिय पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ । अहिलेसम्म ३ सय ४ पुगेको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म ३० जिल्लाका ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २४६ जना पुरुष र ५८ जना महिला रहेका छन् ।

त्यस्तै अहिलेसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । 

त्यसमध्ये प्रदेश १ मा ३९ जना, प्रदेश २ मा १३०,  बाग्मती प्रदेशमा १७, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ११० र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन् ।

त्यस्तै अहिलेसम्म ३६ जना डिस्चार्ज भएका छन् ।

Loading
TOP