बाराका संक्रमित स्थानीय एफएममा काम गर्ने पत्रकार

बाराका संक्रमित स्थानीय एफएममा काम गर्ने पत्रकार

५ जेठ, बारा । नेपालमा थप एक जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको अपडेटमा बाराको करैयामाईका ३८ बर्षिय पुरुष संक्रमित भएको पुष्टि गरेको थियो । उनी बाराको कलैयास्थित स्थानीय एफएममा काम गर्ने पत्रकार रहेको बुझिएको छ ।

योसँगै बारामा चार जना कोरोना संक्रमित भएका छन् ।

योसँगै पर्सामा २, जनकपुरमा एक, उदयपुरमा एक र बारामा एक जना गरि ५ जना सञ्चारकर्मीमा कोरोना पुष्टि भएको छ ।

Loading
TOP