भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा, एकैदिन ५ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा, एकैदिन ५ हजारभन्दा बढी संक्रमित

५ जेठ, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ५ हजार ९६८ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९६ हजार २२५ पुगेको छ ।

त्यस्तै २४ घण्टामा भारतमा १५७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ३ हजार २९ पुगेको छ ।

भारतमा अहिलेसम्म ३६ हजार ८२३ जना ठिक भएका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ४८ लाख ४ हजार ११ पुगेको छ भने मृतकको संख्या ३ लाख १६ हजार ७०३ पुगेको छ ।

त्यस्तै विश्वभर १८ लाख ५८ हजार ७५४ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP