इटालीमा भन्दा बढी संक्रमित ब्राजिलमा

इटालीमा भन्दा बढी संक्रमित ब्राजिलमा

५ जेठ,  काठमाडौँ । विश्वभर तिब्रगतिमा कोरोना फैलिरहेको बेला दक्षिण अमेरिकी देश ब्राजिलमा पनि यसको असर ठुलो पर्दै गएको देखिएको छ ।

ब्राजिलमा तिब्रगतिमा कोरोना फैलिरहेको देखिएको छ । कोरोना रोकथाममा सरकार उदासिन रहेको आरोप ब्राजिललाई लाग्दै आएको छ । राष्ट्रपतिले कोरोनालाई सामान्य फ्लू भन्दै ठोस कदम नाचालेका कारण ब्राजिलमा कोरोना फैलिरहेको आरोप लागेको छ । यस बिचमा ब्राजिलका दुई स्वास्थ्यमन्त्रीले राजीनामा समेत दिएका छन् ।

पछिल्लो रिपोर्ट अनुसार ब्राजिलमा इटाली र फ्रान्समा भन्दा ृअनि बढी संक्रमित देखिएका छन् । अहिलेसम्म ब्राजिलमा २ लाख ४१ हजार ८० संक्रमित पुगेका छन् । जबकी इटालीमा २ लाख २५ हाजर संक्रमित छन् भने फ्रान्समा एक लाख ७९ हजार संक्रमित रहेका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १६ हजार ११८ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ९४ हजार १२२ जना ठिक भएका छन् ।

Loading
TOP