कोरोना नियन्त्रण बारे खास योजनाहरु आएन : शशांक कोइराला

कोरोना नियन्त्रण बारे खास योजनाहरु आएन : शशांक कोइराला

५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको बताउनुभएको छ । जनताको दुःखमा सरकार संवेदनशिल हुनुको सट्टा कर्मकाण्डी शैलीमा आफ्नै गुणगान गाउँदै नीति तथा कार्यक्रम आएको उहाँले बताउनुभयो । नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी लागयतका अतिक्रमित भूमिका विषयमा नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक भएपनि सार्थक र परिणाममूखि वार्ता गरेर उच्च स्तरबाटै समाधान खोज्नुपर्ने उहाँले बताउनुभयो ।

सरकारले कोरोना नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको बताएपनि खास योजनाहरु नआएको उहाँले बताउनुभयो । दैनिक ज्यालादारीमा काम गर्दै आएका नागरिकको राहत वितरणमा संवेदनशिल हुँदै विदेशमा अलपत्र परेका नागरिकलाई सुरक्षित तवरले घर फर्काउन उहाँले आग्रह गर्नुभयो ।

Loading
TOP