सुगौली सन्धी अनुसार नेपालको नयाँ नक्सा छिटो जारी गर्न कांग्रेस सांसद प्रकाशमान सिंहको आग्रह

सुगौली सन्धी अनुसार नेपालको नयाँ नक्सा छिटो जारी गर्न कांग्रेस सांसद प्रकाशमान सिंहको आग्रह

५ जेठ, काठमाडौं । प्रतिपक्षी दल कांग्रेसका सांसद प्रकाशमान सिंहले राष्ट्रिय सुरक्षाका लागि खटिनुपर्ने नेपाली सेना सडकमा खटिएर जनतालाई अपमानित गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारले के गर्न खोजेको ? राष्ट्रिय सुरक्षामा लगाउनुपर्ने सेनालाई किन ? शान्ति सुरक्षामा त प्रहरीलाई लगाउनुपर्ने हो नी । किन यस्तो भइरहेको छ ।

जनतलाई किन अपमानित गरिरहेको छ । सरकारको नियत के हो ? भन्ने कुराबाट हामी सजग हुनुपर्छ ।’’ सुगौली सन्धी अनुसार सम्पूर्ण भूमि समेटेर नेपालको नयाँ नक्सा छिटो जारी गर्नुपर्ने उहाँले बताउनुभयो ।

Loading
TOP