शेयर कारोवार जेठ २० गतेसम्म नै बन्द

शेयर कारोवार जेठ २० गतेसम्म नै बन्द

५ जेठ,  काठमाडौ । धितोपत्र कारोवार जेठ २० गतेसम्म नै बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से० ले बिज्ञप्ती जारी गर्दे जेठ २० गतेसम्म नै सेयर कारोवार बन्द हुने घोषणा गरेको हो ।

नेप्सेले बिज्ञप्ती जारी गर्दे भनेको छ, देशमा नोभेल कोरोना भाईरस ९कोभिड १९० प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकार तथा मन्त्रीपरिषदले साविकमा भएको लक डाउनलाई यही जेठ छ गते देखि जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेकाले नेप्से सञ्चालक समितीबाट धितोपत्र सुचीकरण तथा कारोवार नियमावली २०७५ को नियम २१ को उपनियम १ अनुसार ९कावु बाहिरको परिस्थतीमा० उक्त लक डाउनको अवधिभर धितोपत्रको कारोवार स्थनगन गर्ने निर्णय भएको हुंदा सोही बमोजिम गर्न निर्देशन दिएका छौं, नेप्सेले भनेको छ ।

Loading
TOP