थप १८ जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या ३७५ पुग्यो

थप १८ जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या ३७५ पुग्यो

६ जेठ, काठमाडौँ । पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार थप १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठान, धरान, भेरी अस्पताल नेपालगञ्ज तथा कोसी अस्पताल, विराटनगरमा गरिएको परीक्षणको पछिल्लो नतिजाअनुसार थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । थप सङ्क्रमितहरूमा धनुषानिवासी दुइ पुरूष, खोटाङ हलेसीनिवासी एक पुरुष, बाँके नरैनापुरका १२ जना पुरुष, दैलेख आठबीसका एक पुरुष, सुनसरीका एक पुरुष र झापाका एक पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

Loading
TOP