भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

६ जेठ, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ४ हजार ९७० जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । भारतमा अहिलेसम्म एक लाख एक हजार १३९ कुल संक्रमित पुगेका छन् ।

त्यस्तै २४ घण्टामा भारतमा १३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ३ हजार १६३ पुगेको छ ।

भारतमा अहिलेसम्म ३९ हजार १७३ जना ठिक भएका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ४८ लाख ९३ हजार २६० पुगेको छ भने मृतकको संख्या ३ लाख २० हजार १७३ पुगेको छ ।

त्यस्तै विश्वभर १९ लाख ७ हजार ९९२ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP