हाम्रो हातमा नक्शा र भारतको हातमा जमिन नहोस् – काँग्रेस प्रवक्ता शर्मा

हाम्रो हातमा नक्शा र भारतको हातमा जमिन नहोस् – काँग्रेस प्रवक्ता शर्मा

६ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हाम्रो हातमा नक्शा र भारतको हातमा जमिन हुन नहुने बताएका छन् ।

सरकारले सोमबार लिम्पियाधुरासहितको नक्शा प्रकाशित गर्ने निर्णय गरेपछि प्रवक्ता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले सामाजिक संजालमा टिप्पणी गर्दै नक्शा पारित हुनु सकारात्मक र स्वागतयोग्य भएको बताउदै कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने बताएका छन् ।

नेपालीको पुरै भूभागमा नेपालको पूर्ण हक स्थापित हुनुपर्छ भन्दै प्रवक्ता शर्माले सरकारको वास्तविक परिक्षा अब शुरु भएको बताएका छन् ।

उनले भनेका छन् ( ुनक्सा पारित हुनु सकारात्मक र स्वागतयोग्य । भारतीय सेना कालापानीबाट फिर्ता हुनुपर्छ, नेपालको पुरै भुभागमा नेपालको पुर्ण हक कायम हुनुपर्छ । अब सरकारको वास्तविक परिक्षा प्रारम्भ भएको छ ।
दुवै छिमेकीसंग गहन कुटनैतिक पहल शुरु गर्नुपर्छ । हाम्रो हातमा नक्सा उनको हातमा जमिन हुनुहुन्न ।ु

Loading
TOP