कोभिड-१९ बाट कसैको मृत्यु नहोस् भन्‍ने सरकारको प्रयास असफल भयो: प्रधानमन्त्री

कोभिड-१९ बाट कसैको मृत्यु नहोस् भन्‍ने सरकारको प्रयास असफल भयो: प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण र विस्तार नेपालमा पनि भइसकेको बताउँदै जटिल र असामान्य अवस्थामा प्रवेश गरेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड(१९ को महामारीबाट नेपालमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने संकल्पाका साथ सरकारले पहल गरिरहेको भए पनि दुईजनाको मृत्यु भइसकेको बताए। उनले कोरोना भाइरसबाट कसैको पनि मृत्‍यु हुन नदिने सरकारको प्रयास असफल भएको समेत बताए । ‘हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् थियो’, उनले भने, ‘हाम्रो प्रयास विभिन्न कारणहरूले असफल भएको छ र २ जनाको निधन भएको छ ।’

कोरोनाबाट मृत्यु भएकाहरूको अन्य कारणले मृत्यु भएको हुनसक्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘कोरोना भन्दा अरु जटिलताले निधन भएको हुनसक्छ । विश्वस्वास्थ्य संगठनको मापदण्डअनुसार जुनसुकै अवस्थाले निधन भएको भएपनि कोरोना संक्रमण भएको छ भने त्यसैबबाट भएको मान्नुपर्ने हुन्छ ।’ मुलुकमा अरुले कोरोनाबाट ज्यान गुमाउन नपरोस् र अरुमा संक्रमण हुन नपाओस् भनेर सरकारले उच्च सतर्कता अपनाइरहेको प्रधानमन्त्री ओलीको दाबी छ ।

प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरस संक्रमण देखिएको बताए । उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’ पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको उनले बताए । यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको प्रधानमन्त्रीले बताए ।

बाहिरबाट आउने क्रम रोक्न नसक्दा नेपालमा स्थिति भयाभह हुनसक्ने खतरा रहेको प्रधानमन्त्री ओलीले औंल्याए। ‘विभिन्न कारणले बाहिरबाट आउने संक्रमितलाई रोक्न सकिएन’, उनले भने, ‘अलिकति जनप्रतिनिधिको दबाबका कारण पनि रोक्न सकिएको छैन। तर अहिको संक्रमितको संख्या नियन्त्रण गर्न नसक्ने भइसकेको छैन।’

शुरूबाटै लकडाउन अवलम्बन गर्ने देशहरूले कोभिड(१९ को विस्तार रोक्न सफल भएको बताउँदै प्रधानमन्त्रीले नेपालमा दुई जनामा मात्रै संक्रमण देखिएको बेलादेखि नै लकडाउन गरिएकाले सफलता पाएको बताए।

Loading
TOP