दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना संक्रमण

दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना संक्रमण

६ जेठ,  काडमाडौं । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपराष्ट्रपति माशरकी पत्नी एजेलिना देशको रक्षामन्त्री छिन् ।

माशर ६० वर्ष नाघिसकेका छन् । कोभिड(१९ टास्क फोर्सका एक सदस्यलाई कोरोनाको संक्रमण देखिएपछि उनको कोरोनाभाइरसको परीक्षण मे १३ मा गरिएको थियो ।

माशरका बडीगार्ड र कर्मचारीका केही सदस्यमा पनि कोरोना पोजेटिभ देखिएको छ । दक्षिण सूडानमा हालसम्म २ सय ९० संक्रमित छन् । यहाँ कोरोनाका कारण चारजनाको मृत्यु भइसकेको छ । स्रोतः बीबीसी

Loading
TOP