तरुणदलले आजबाट गुल्मी-प्युठानका नाका बन्द गर्ने

तरुणदलले आजबाट गुल्मी-प्युठानका नाका बन्द गर्ने

७ जेठ, प्युठान । नेपाल तरुणदल गौमुखी गाउपालिका ५ खुङ्ग इकाइले खुङ्गका सम्पुर्ण नाकाहरु बन्दी गर्ने भएको छ । गौमुखी गाउपालिकाको छिमेकी जिल्ला गुल्मिको मदाने गाउपालिकामा कोरोना पुष्टि भए पछि सजकता आपनाउनको लागि पनि यो निर्णय गर्नु परेको तरुणदल इकाई सभापति निराजन बिक्रम मल्ल ले बताए ।


तरुणदल खुङ्ग इकाइले आज (बुधबार ) देखि नै गुल्मिबाट खुङ्ग गाउमा प्रबेश गर्ने पाच वटा नाकामा तीन जनाको दरले स्वयंसेवक खटाउने निर्णय गरेको छ । त्यस्तै कोरोना बाट कसरी बच्ने भन्नेबारे सचतेना फैलाउनको लागि अन्य दलहरु सङ्ग पनि समन्वय गरि घरदैलो कार्य समेत गर्ने भएको छ ।


त्यस्तै भारत र अन्य देशबाट आउने मान्छेहरुलाई सकुशल गाउँ ल्याउने र आबस्यक स्वास्थ्य जाँच गराई क्वारेन्टाइन राख्न पनि सहजीकरण समेत गर्ने भएको छ ।

Loading
TOP