पहिलोपटक लमजुङका एक जनामा संक्रमण

पहिलोपटक लमजुङका एक जनामा संक्रमण

७ जेठ, काठमाडौँ । लमजुङका ३ वर्षीय एक बालकमा कोरोना भाइरस ९कोभिड १९० संक्रमण देखिएको छ । उनी हाल काठमाडौं बस्दै आएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना संक्रमणले पारेको प्रभाव र संक्रमण भएका व्यक्तिबारे जानकारी दिने क्रममा लमजुङका एक व्यक्ति कोरोना भाइरसबाट संक्रमण भएको जानकारी दिएको थियो । नेपालमा कोरोना भाइरस ९कोभिड(१९० बाट पहिलोपटक लमजुङका १ जनामा संक्रमण देखिएको हो ।

लमजुङका एक व्यक्तिमा कोरोना संक्रमण भएकोबारे जानकारी आएपछि जिल्लामा तीव्र खोजी भएको थियो । कोरोना संक्रमण हुन सक्ने आशंकमा शुक्रराज ट्रपिकल अस्पतालमा परीक्षण गर्दा ती ३ वर्षीय बालकमा कोरोना संक्रमण भएको जानकारी आएको छ ।

परिवारका अन्य सदस्यको कोरोना संक्रमण परीक्षण भए नभएको बारे जानकारी आएको छैन भने ती बालक परिवारसहित हाल काठमाडौं महानगरपालिका वडा(१६, वनस्थली बस्दै आएको बताइएको छ ।

सरकारले काठमाडौँमै रहेका र टेकुमै कोरोना परिक्षण गरेकाहरुलाई जिल्लाको ठेगाना दिएर सूचना सार्वजनिक गर्दा ठुलो अन्यौलता पैदा भएको छ ।

Loading
TOP