सिमानामा अड्केकाहरुलाई बस लगायत निजी क्षेत्रसँगको सहकार्यमा उद्धार गरौं : सांसद प्रकाश पन्थी

सिमानामा अड्केकाहरुलाई बस लगायत निजी क्षेत्रसँगको सहकार्यमा उद्धार गरौं : सांसद प्रकाश पन्थी

७ जेठ,  काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश पन्थीले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले विदेशमा संकटमा रहेका नागरिकलाई निक स्वदेश ल्याउन नसकेको बताउनुभयो । ८, १० लाख नेपालीहरु विदेशमा तड्पिएका छन् । उनीहरुलाई प्राथमिकताका आधारमा उद्धार गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘जरुरी, जरुरी र सामान्य गरी प्राथमिकताका आधारमा उद्धार गर्न आवश्यक छ ।

नेपालमा निजी समेत दर्जनौं विमानहरु पनि छन् । यसैगरी सुविधा सम्पन्न होटलहरु छन तिनीहरुलाई आइसोलेसन र क्वारेन्टाइन बनाऔं र पूर्व राष्ट्र सेवक कर्मचारीहरुलाई समेत प्रयोग गरौं । सिमानामा अड्केकाहरुलाई बस लगायत निजी क्षेत्रसँगको सहकार्यमा उद्धार गरौं । सरकारले आफ्नो लगानी गर्ने यता तिर हो । यतिकै बस्नु भन्दा हवाई सेवा, होटल र बसहरुले पनि काम पाउँदछन् । लकडाउनले यति गर्न रोक्दैन् ।

समस्यामा परेका जनताले राज्यलाई अभिभावक भएको अनुभुति होस् । हामीले नेपाली भएको गर्व गर्न सकौं ।’’

Loading
TOP