गुल्मीका कोरोना संक्रमित गम्भीरवस्थामा, मृत्यु भएको छैन – अस्पताल

गुल्मीका कोरोना संक्रमित गम्भीरवस्थामा, मृत्यु भएको छैन – अस्पताल

७ जेठ, रुपन्देही । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था गम्भीर छ ।

मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालले विज्ञप्ति जारी गरी बिरामीबारे बाहिर आएको गलत र भ्रामक समाचारको पछि नलाग्न सबैमा अनुरोध गरेको छ । उनी एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या भएपछि यही जेठ १ गतेदेखि अस्पतालमा भर्ना भएका हुन् ।

मदानेको एक विद्यालयका प्रधानाध्यापक उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि  उपचारत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो । नगरपालिका र प्रदेशको मन्त्रालयको स्रोतले दिएको सूचनाको आधारमा समाचार प्रकाशित गरिएको र अहिले अस्पतालले निजको मृत्यु नभएको बताएपछि परिवार र सम्बन्धित सबैमा पर्न गएको चोट प्रति क्षमा प्रार्थी छौं ।

Loading
TOP